काठमाडौं । सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय सौन्दर्यकर्मी अप्सना नेवाको आयोजनामा मिस हिमालय नेपाल र मिसेस हिमालयन आइकन नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ।
विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन । पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता गरिएको यस कार्यक्रममा भने विवाहित महिलाहरुलाई पनि समेटेर मिसेस हिमालयन आईकनको आयोजना गर्न लागिएको समेत उनले बताईन ।
पहिलो संस्करणमा लोकप्रिय नायक प्रदिप खड्का, आनन्द कार्की लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा यस पटक पनि थुप्रै लोकप्रिय कलाकारहरुको उपस्थिती रहने छ ।
नयाँ संस्करणका लागि पहिलो अडिसन यही भदौ २९ गते शनिवारका दिन नयाँ बानेश्वर स्थित एलिनाज होटेलमा हुने छ ।
विवाहित तथा अविवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन ।
उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा असोज को अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।
यस संस्करणमा सल्लाहकार प्रकाश हायु ,कार्यक्रम म्यानेजिङ डाइरेक्टर पूजा बस्नेत मार्केटिङ म्यानेजर सुनिता तामाङ सदस्यहरू विपना खड्का सुजी भण्डारी शोभा भुजेल बिमला तुलाधर रहेका छन।
आगामी संस्करणको पहिलो अडिसनका लागि लोकप्रिय अभिनेता सरोज खनाल, सलोन बस्नेत,सुसान्त काजी श्रेष्ठ,टेकराज पाण्डे,मिसेस व्यूटिफुल नेपाल २०२४ कि विजेता विजया अधिकारी लगायतले निर्णायकको भूमिका निर्वाह गर्दैछन भने अन्य निणार्यकको पनि उपस्थिती रहनेछ ।
विजेताले आकर्षक क्राउन सहित मिडिया पव्लिसिटिी, लगायत विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछन ।







































