राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मुख्य उपाघिको दौडमा उत्रेका आफ्ना १५ जना प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वल्र्ड २०२४ को ताज पहिरिन सफल भएकी छिन् । विजेताको रुपमा नगद पुरस्कार सहित ईभी नेपालका तर्फबाट ईभि स्कुटर, पचास हजार बराबरको थान्का गिफ्ट लगायतका पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा आईसा गौतम मिस सुप्रा ग्लोबल नेपाल २०२४का रुपमा छनौट भइन् भने वेनिशा शर्मा आचार्य मिस औरा इन्टरनेसनल नेपाल २०२४ का रुपमा विजेता बनिन् । कार्यक्रममा विष्णु मिस पर्सनालिटी, आईशा मिस ट्यालेन्ट तथा विनिशा मिस ग्ल्यामरका रुपमा पनि पुरस्कृत भएका थिए ।
आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगितामा समिक्षा चौधरी मिस ग्राण्ड कोशी, खुश्बु मण्डल मिस ग्राण्ड मधेश, अनुग्रह घिमिरे मिस ग्राण्ड बागमती, विनिशा शर्मा आचार्य मिस ग्राण्ड लुम्बिनी, मौसम खड्का मिस ग्राण्ड सुदुरपश्चिम तथा कुसुम कुँवर मिस ग्राण्डा गण्डकी छनौट भएका थिए । फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी सम्पन्न सो प्रतियोगितामा सहभागिहरु सेन्ट्रल फेसन हब विद्यार्थी डिजाइनरहरुले तयार पारेको आकर्षक पहिरन आफ्नो प्रस्तुति दिएका थिए । मुख्य शीर्ष तीन विजेताले आ आफ्नो उपाधिको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्







































