बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुले बाजी मारेका छन्। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताका मुख्य उपाधि सोही स्कूलका विद्यार्थीहरुले जितेका हुन्।

प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठले फस्ट रनर्स अप तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले सेकेण्ड रनर्स अपको उपाधि जिते। आयुष्मान बस्नेत तथा गृष्मा उप्रेतीले थर्ड रनर्स अपमा चित्त बुझाए।

लिटिल प्रिन्सतर्फको उपाधि भने यूनिक पराजुली तथा लिटिल प्रिन्सेसको उपाधि क्रिस्टिना खड्काले जितेका छन्। लिटिलतर्फ फस्ट रनर्स अपको उपाधि आर्यन मित्तल तथा सोहन पाठकले जिते भने सेकेण्ड रनर्स अपको उपाधि तेजुसी श्रेष्ठ तथा रिजन केसीले जिते । थर्ड रनर्सको उपाधि जेनिस शाही तथा वैभवी शाहले जित्न सफल भए।

प्रतियोगिताका विजेतालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिताका आयोजक धिरज तण्डुकारका अनुसार विजेताहरु विदेशमा आयोजना हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। सुरजनी केसीद्वारा कोरियोग्रँफी गरिएको उक्त प्रतियोगितामा पूर्व उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिको रुपमा रहेका थिए।

प्रतियोगिताको निर्णायकमा कला सुब्बा, निर्णय श्रेष्ठ, गोविन्द राई, दिक्पाल कार्की, रुस्का बैद्य, अमर तण्डुकार, उदय सोताङ, प्राश्ना शाक्य, मरिष्का पोखरेल आदि थिए । ३४ जना बालबालिकाहरुले सहभागिता जनाएको प्रिन्स एण्ड प्रिन्सेस तथा ५४ जना बालबालिकाहरुको सहभागिता रहेको लिटिल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता एक दिन दुई भिन्न समयमा सम्पन्न गरिएको आयोजक संस्थाका अभिमन्यू शर्माले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here