लोकप्रिय गायक दिनेश गौतम संगीत पारखीका लागि नौलो नाम होइन । ‘पैसा कसले बनायो’ गीतबाट उनले सबैको मन जितेका छन् । उनै गायक गौतम फेरी पैसाकै लागि बाँच्छ मान्छे।।। बोलको गीतका साथमा श्रोता तथा दर्शकमाझ आएका छन् ।

यो गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार एवं संचारकर्मी पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ । गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ । यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन् । गीतले पैसाले मान्छेलाई के के गराउँछ भन्ने भाव छ । प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको संयोजन दिनेश सुनामले गरेका हुन् ।
भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी छन् । यसमा माग्नेबुढा अर्थात् केदार घिमिरेकी श्रीमती सितादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश,शेर खान र स्तुती गौतमको अभिनय छ ।
भिडियोमा सागर गौतमको छाँयांकन र प्रविण श्रेष्ठको सम्पादन छ । पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामा खेलवाड गरेको दृष्य भिडियोमा देखाइएको छ । ‘कयामुदा’ एल्बम भने आगामी फागुनमा बिमोचन हुनेछ ।