काठमाडौं – देश तथा विदेशमा विभिन्न कार्याक्रम गरेर चर्चामा रहेको रशलाईट मिडियाको आयोजनामा क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रवार रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव रहेका थिए। त्यस्तैगरी बिषेश अतिथिमा युवा नेता एवं समाजसेवी क्षितिज भण्डारी, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष सम्झना लामा, छमछमीका निर्णयक महेश गोदार लगायतका अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता रशलाईट मिडिया प्रालिकी अध्यक्ष गायिका तथा मोडल रमिता भण्डारीले गरेका थिए। उक्त फेशन शो मा, जयन सुब्बा मानन्धर शो स्टपर्स ,स्मृति पोखरेल र दीपा श्री निरौला शो स्टपर्स रुपमा प्रस्तुत भएका थिए । रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न उक्त फेशन शोमा एक दर्जन भन्दा बढि महिला मोडलहरु र्याममा प्रस्तुत भएका थिए ।
डिजाइनरमा मेनका श्रेष्ठ ,नवीन पख्रिन, अनिता खाती क्षेत्री रहेको छ। कार्यक्रममा छमछमीका फाइनल लिस्टहरु र बालबालिकाले प्रस्तुति दिनुको साथै अजय तुलाधर लगायतले सांगितिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ९ वर्षीय बाल प्रतिभा आभा तुलाधरले शिक्षाको बारेमा केही भनाइहरु राखेको थियो भने क्यान एजुकेशन फाण्डेशनले केक काटेर बालबालिकालाई खुशी बढेको थियो।
कम्पनिका अध्यक्ष भण्डारीले क्यान एजुकेशन फाण्डेशनलाई एक लाख र योङ्ग्छेन फाण्डेशनलाई रु। पचास हजारको चेक प्रदान प्रदान गरिएको थियो ।
नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको क्यान एजुकेशन फाण्डेशनकी अध्यक्ष सम्झना लामाले जानकारी दिइन ।